नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लाल किलाको प्राचीरबाट आफ्नो देशको नाममा सम्बोधन गर्दै मणिपुरमा भएको हिंसाको उल्लेख गरे। उनले मणिपुरका मानिसहरूलाई शान्तिको निम्ति अपील गरे। प्रधानमन्त्रीले भने, ‘देशमा विभिन्न स्थानहरूमा तथा विशेषगरि मणिपुरमा गए दिनहरूमा हिंसाको एउटा चरण देखियो। पूर्वोत्तरमा विशेषगरि मणिपुरमा, जुन हिंसा देखियो, धेरै मानिसहरूले आफ्नो जीवन गुमाए, आमा-छोरीहरूको सम्मानसॅंग खेलवाड गरियो। तर, केही दिनदेखि लगातार शान्तिको समाचार आइरहेको छ। प्रधानमन्त्रीले आफ्नो भाषणमा देशवासीहरूलाई परिवारजन भनेर सम्बोधित गरे अनि सबैसॅंग सहयोगको निम्ति अपील गरे। उनले भने, ‘यसपाली प्राकृतिक आपदाले देशका विभिन्न ठाउॅंहरूमा अकल्पनीय संकट उत्पन्न भयो। जुन परिवारहरूले यो संकट सहन गरे ती सबै परिवारप्रति समवेदना व्यक्त गर्दछु। राज्य-केन्द्र सरकार मिलेर ती सबै संकटहरूबाट मुक्त बनेर तीव्र गतिमा विकासको आर्गमा अगाडि बढ्ने छौ, यो विश्वास दिलाउॅंन चाहन्छुl’