इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टः लामा डाँड़ा होम स्टे र नाजोकबीच फाइनल आज

photocollage_202381510407606.jpg

१५ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा सेमिफाइनल म्याच खेलियो। समथार जनमैदानमा भएको पहिलो म्याचमा लामा डाँड़ा होम स्टे-ले डन बस्कोलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अजय र सुनिलले २-२ गोल गरे। यसरी डन बस्कोबाट रोलान लेप्चाले १ गोल गरे। यसरी दोस्रो म्याचमा नाजोकले पन्बुलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दिपेनले २ गोल गरे। यसबाहेक आनन्द र हाशरोनले १-१ गोल गरे। यसरी पन्बुको टीमबाट सिलास लेप्चाले १ गोल गरे। अब १५ अगस्तमा हुने फाइनलमा लामा डाँड़ा होम स्टे र नाजोकबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement