आरिटार सरस्वती विद्या निकेतनमा विविध कार्यक्रमका साथ पूर्व स्वतन्त्रता दिवस पालन

n5281224921692042681034b6b57b12452045dc0ec356ee36d89b365f4207faabd5056d2d00da6861ff4214.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत पूर्व सिक्किमको आरिटारमा विद्या भारती सिक्किमद्वारा सञ्चालित सरस्वती विद्या निकेतनले देशको ७७औं स्वतन्त्रता दिवसलाई लक्षित गरेर पूर्व स्वतन्त्रता दिवस पालन गऱ्यो। कार्यक्रममा स्थानीय उद्यमी युसुफ भोटिया मुख्य अतिथि र पूर्व विधायक विक्रम प्रधान विशिष्ट अतिथि थिए।

यसैगरी, कार्यक्रममा विद्या भारती सिक्किमका महासचिव विजय कुमार शर्मा, संयोजक मोहन शर्मा, कार्यालय प्रमुख सूर्य धिताल, प्रान्त कार्यकारिणी सदस्य तारा शर्मा, विद्यालय प्रबन्धन समितिका मुख्य सल्लाहकार एवं संस्थाका उपाध्यक्ष हरि प्रधान तथा अन्यहरू पनि उपस्थित थिए।

यसको फाइनल सन्त जेभियर्स, पेदोङ बनाम रिनाक सरकारी उच्चतर माध्यमिक विद्यालयबीच भएको थियो। जसमा सन्त जेभियर्स, पेदोङले प्रतिद्वन्दी दललाई पराजित गरेर उपाधि आफ्नो नाम गऱ्यो। विजेता दललाई ट्रफीसहित 30 हजार नगद तथा उप विजेतालाई ट्रफीसहित १५ हजार रूपियॉं नगद प्रदान गरियो।

यसरी नै सांगीतिक प्रतियोगितामा १० विभिन्न विद्यालयले भाग लिएको थियो जसमा विद्या भारती सिक्किमद्वारा सञ्चालित सरस्वती विद्या निकेतन, रानीपुलले प्रथम स्थान प्राप्त गर्दै ट्रफीसहित नगद ५,००० हजार रूपियॉं प्राप्त गऱ्यो। यसरी नै रिनाकको डोनाल्ड मेमोरियल स्कूलले दोस्रो स्थान प्राप्त गरि ट्रफीसहित २,५०० रूपियॉं नगद प्राप्त गऱ्यो। यस अतिरिक्त, प्रतिभागी सबै विद्यालयहरूलाई पनि सान्तवना स्वरूप नगद पुरस्कार प्रदान गरियो।

विद्या भारती सिक्किम संगठनले २५औं बसन्त पूरा गरेको शुभ अवसरमा राज्यव्यापी रजत जयन्ती कार्यक्रमको शुरूवात यस विद्यालयबाट गरिएको बताइएको छ। रजत यजन्ती कार्यक्रम विद्यालयस्तरबाट शुरू गरेर राज्य स्तरीय कार्यक्रमका साथ समापन गर्ने लक्ष्य लिइएको छ।

यस अवसरमा विद्यालयद्वारा टाइगर ५ लात्ते भकुण्डो प्रतियोगिता तथा सांगीतिक प्रतियोगिताहरू सम्पन्न गरिएको थियो। गत २७ जुलाईदेखि शुरू भएको टाइगर ५ लात्ते भकुण्डो प्रतियोगिताको उद्घाटन स्थानीय पञ्चायत सभापति तुलसी शर्माले गरेकी थिइन्। प्रतियोगितामा कुल २२ दलले भाग लिएका थिए। विद्यालयका प्रधानाध्यापक रजीत प्रधानले स्वागत सम्बोधन राखेको कार्यक्रममा मुख्य अतिथि, महासचिव शर्मा आदिले सम्बोधन राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement