गान्तोक: मेरो डान्स युनिभर्स र मेरो भोइस युनिभर्सको फाइनलमा पुग्न सफल सिक्किमका कलाकारहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङमा भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो अधिकारिक फेसबुक पेजमा दिएका छन्। सिक्किमका गायकद्वय शिशिर ठटाल र प्रीतम राई मेरो भोइस युनिभर्सको फाइनलमा तथा मिङ्गमा डी. लेप्चा मेरो डान्स युनिभर्सको फाइनलमा पुगेका छन्। मुख्यमन्त्रीले भनेका छन्, यहॉंसम्म उनीहरूका यात्रा समर्पण, कडा परिश्रम र अटल प्रतिबद्धताले भरिएको उल्लेखनीय रहेको छ। उनले सिक्किमे जनताको तर्फबाट कलाकारहरूलाई बधाई दिॅंदै ग्राण्ड फिनालेमा आफ्नो उत्कृष्ट प्रस्तुति दिन प्रोत्साहन प्रदान गरेका छन्।