गान्तोक। आज पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले राज्यका राज्यपाल लक्ष्मण आचार्यसित सौहार्दपुर्ण भेट गरे। देशको ७७औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्याको भेटमा अध्यक्ष चामलिङले सर्वप्रथम राज्यपाललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
यसका साथै तिनले राज्यपालसमक्ष सिक्किम र सिक्किमेली जनताको पक्षबाट राज्यका विभिन्न मुद्दाहरूमाथि आवगत गराए।