दक्षीण लोथाबारीमा आधुनिक यन्त्रद्वारा धान रोपाई

IMG_20220706_195827.jpg

कालचिनी: कालचिनी ब्लक कृषि विभाग र आत्मा प्रकल्पको माध्यममा आज दक्षिण लोथाबारीको प्रायः १० बीघा खेतीको जमीनमा आधुनिक यन्त्रद्वारा धान रोपाई भएको जानकारी कालचिनीका सहकृषि अधिकारी प्रबोदकुमार मण्डलले दिएका छन्। आज यस अवसरमा कालचिनीका सहकृषि अधिकारी प्रबोदकुमार मण्डल लगायत आत्मा प्रकल्पको चेयरम्यान अधीर राय लगायत क्षेत्रीय समाजसेवी नबुल ठाकुर एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
आधुनिक यन्त्र (मसिन) द्वारा धान रोपाई हेर्न आज दक्षिण लोथाबारीको धान खेतमा क्षेत्रबासीको भीड़ जमेको थियो भने सबैले उक्त धान रोपाई गर्ने यन्त्रको प्रदर्शनी हेरेर आनन्द उठाएको थियो। यस सम्बन्धमा कालचिनीका सहकृषि अधिकारी प्रबोदकुमार मण्डलले आत्मा प्रकल्पको माध्यममा नै यो धान रोपाई यन्त्र ल्याइएको र यसले वैज्ञानिक ढाँचामा धानको रोपाई गर्ने र यसले कृषकहरूलाई लाभ र सुविधा पुग्ने जनाएका छन्। आत्मा प्रकल्पको चेयरम्यान अधीर रायले पश्चिम बङ्गाल राज्य सरकारद्वारा प्रदत्त विकासमूलक योजना अन्तर्गत नै आज यो नयाँ प्रयोग कालचिनी खण्डको कृषि आधारित दक्षिण लोथाबारीको खेतहरूमा भइरहेको र यसले उन्नत प्रकारको धानको धेरै फसल दिने आशा गरिएको जनाएका छन्। यता यो आधुनिक यन्त्रद्वारा धान रोपाईले कृषकहरूको समय र परिश्रम पनि बाँच्ने हुनाले यसको लाभ खेतीमा अवश्यै देखापर्ने स्थानीय समाजसेवी नबुल ठाकुरले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement