गेजिङ: गेजिङ जिल्लाको सर्दोङ लुङ्जिक ग्राम पञ्चायतअन्तर्गत लुङ्जिक निवासी हरि प्रसाद गुरूङको घर पैह्रोले क्षतिग्रस्त भएको छ। लगातार वर्षाको कारण आज बिहान अचानक पैह्रो खस्दा पेलिङ देन्ताम सडक पुर्ण रुपमा बाधित बन्यो भने सडकको किनारामा रहेको हरि प्रशाद गुरुङको घरलाइ क्षति गरेको हो। जसमा घरको छेवैमा रहेको बाख्राको खोर लथालिङ्ग बनायो भने घरको छानामा रुख पस्दा ठूलो नोक्सानी भएको छ। सडकको माथिल्लो भागबाट पैह्रो बगिरहेको हुँदा घरमा बास बस्नलाई जोखिम रहेको देखिन्छ।