मन्त्री खरेलद्वारा रोगीहरूलाई सहयोग

IMG-20230815-WA0004.jpg

गान्तोक: नामथाङ रातेपानी समष्टिका क्षेत्र विधायक एवं मन्त्री सञ्जित खरेलद्वारा समष्टिमा विभिन्न प्रकारको सहयोगहरू प्रदान गर्दै आइरहेका छन्। सरकारी अनि व्यक्तिगत दुवै रूपमा विधायकले हरेक तप्काबाट समष्टिका जनतालाई सहयोग प्रदान गर्ने कार्य गरिरहेका छन्। विशेष गरेर आर्थिकरूपमा बिपन्न परिवारहरूको निम्ति सरकारी सहुलियत बाहेक व्यक्तिगत तर्फबाट आत्मनिर्भर बनाउनको निम्ति गाई, बाख्रा, सुँगुर, बेरोगारीहरूको निम्ति ट्याक्सी , पढ्ने विध्यार्थीहरूको निम्ति शिक्षा सहयोग वितरणहरू गरिरहेका छन्। जुन राज्यका मुख्यमन्त्रीको निर्देश बमोजिम मन्त्रीले व्यक्तिगत तर्फबाट गरेको बताइन्छ। सोही सहयोगलाई निरन्तरता दिंदै मन्त्री समक्ष समष्टिका सात जना विरामीहरू उपचाराधीन अवस्थामा अस्पतालमा रहेको मन्त्री समक्ष जानकारी पुग्न साथ आज मन्त्रीले समष्टिका छ जना बिरामीहरूलाई स्वास्थ्य उपचार सहयोग हेतु अस्पतालमै पार्टीका कार्यकर्ता किशन छेत्रीद्वारा हस्तान्तरण गरिएको जानकारी गराइएको छ। उपचाराधिन अवस्थामा रहेका बिरामीहरू ताङ्गजी-बिक्मत ग्राम पञ्चायत ईकाइको खोरलोङ्ग-प्योङ्गग्राम वार्ड निवासी सुकमान चामलिङ, रामाराम वार्ड निवासी छत्रमान छेत्री, पर्बिङ वार्ड निवासी पोप्प भोटिया र पेम छिरिङ शेर्पा, अप्पर मानेडाँडा निवासी चन्द्र प्रकाश तिम्सिना, लोवर नागी वार्ड निवासी मेरी तामाङ, खोरलाङ वार्ड निवासी उमाकुमारी राई आदि रहेका छन्। बिरामी साथै अभिभावक पक्षले अस्पतालमा नै यसरी आफ्नो परिवार सदस्य सम्झेर सहयोग प्रदान गरेकोमा क्षेत्र विधायकप्रति आभार व्यक्त गर्दै कृतज्ञता जनाएका छन्। मन्त्रीले अस्पतालमा उपचाराधीन बिरामी बाहेक घरमा उपचार अवस्थामा बसेका बिरामीहरूलाई पनि सहयोग प्रदान गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement