गान्तोक: मेपी माटी मेरा देश अभियान अन्तर्गत मंगन जिल्ला अन्तर्गत रिङगिम नामपताम ग्राम पञ्चायत यूनिटको पहलमा मंगन उच्चत्तर माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनको साथमा अतिरिक्त जिल्लापाल, जिल्ला पञ्चायत लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा विभिन्न वार्डबाट संग्रह गरिएको माटो पञ्चायत अध्यक्षलाई हस्तान्तरण गरियो भने। आज संग्रह गरिएको माटो आगामी दिनमा दिल्लीमा लगिने भएको छ। विशेष गरेर मिटी कलासको निम्ति देशको विभिन्न राज्यबाट माटो संग्रह गरिने कार्यक्रम रहेको छ। प्रत्येक व्लकबाट एक जना युवाले दिल्लीमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने जानकारी गराइएको छ। सोही प्रकारले नाम्ची जिल्लास्थित राबोङ बर्फुङ ग्राम पञ्चायत यूनिटको पहलमा क्यूजिङ टि गार्डन प्राथमिक पाठशालामा मेरी माटी मेरा देश कार्यक्रम पालन गरियो। यस अवसरमा मुख्य अतिथि क्षेत्र विधायक टाशी थेन्डुप भोटियाले शिल्ककलामको उदघाटन गर्नको साथै राष्ट्रीय झण्डा फरफराईयो। उक्त कार्यक्रममा उपस्थित सबैलाई पञ्चायत सदस्य पबित्र छेत्रीले पञ्च प्राणको शपथ ग्रहण गराए। यस अवसरमा विशेष गरेर आगामी २०४७ सम्म भारतदेशलाई विकसित राष्ट्र बनाउने संकल्प सहित दासत्वको मानसिकता अन्त्य गर्ने, भारतको समृद्ध सम्पदामा गर्व गर्ने शपथ लिए। एकता र ऐक्यबद्धता कायम गरौं, नागरिकको हैसियतमा आफ्नो कर्तव्य पूरा गरौं र राष्ट्रको रक्षा गर्नेहरूलाई स्मृतिमा सम्मान गरौं भन्ने नाराको साथमा सबैले प्राण प्रतिष्ठा गरे।