एसडीएफ समर्थक एसकेएम पार्टीमा सामेल

si-8

गान्तोक: जति जति चुनाव नजिकिन्दै जाँदैछ विपक्षी पार्टीको किल्लाहरू राज्यको विभिन्न समष्टिमा धस्किने क्रम जारी रहेको छ। यसै अन्तर्गत सोरेङ च्याखुङ समष्टिबाट अधिकांश विपक्षी एसडीएफ पार्टी साथै अन्य विपक्षी पार्टीबाट सत्तारूढ एसकेएममा अघिबाटै व्यापक रूपमा सामेल भईसकेका छन् भने अहिले रहल विपक्षी पार्टीका कार्यकर्ताहरू निरन्तर सामेल हुने क्रम जारी रहेको छ। आज क्षेत्र विधायक आदित्य गोलेको निजी वासस्थान सिङलिङमा एसडीएफ पार्टीका दुई कर्मठ समर्थक आईतमान सुब्बा अनि प्रकाश सुब्बाले विपक्षी एसडीएफ पार्टी परित्याग गर्दै सत्तारूढ एसकेएम पार्टीको झण्डा समाएका छन्। पार्टी अध्यक्ष प्रेमसिंह तामाङ गोलेको दीर्घम्यादी नीति निर्धारण कार्य साथै क्षेत्र विधायक आदित्य गोलेद्वारा समष्टिमा गरिएको निष्पक्षीय कार्यको फलस्वरूप उनीहरू प्रेरित बन्दै एसकेएम पार्टीमा सामेल भएको उनीहरूले बताए भने अब उसो काँधमा काँध साथामा साथ दिएर निरन्तर एसकेएम पार्टीमा काम गर्ने उनीहरूले प्रतिवद्वता जाहेर गरेका छन्।

About Author

Advertisement