उतीर्ण भएका विधार्थी उम्मेद्वारहरूले सम्पर्क गर्नु होस….

img_1_1692036198850.jpg

दार्जीलिङ: एडवाडर्स फाउण्डेशनले यूपीएससी, डुब्लूवीसीएस आदि जस्ता विषयहरूमाथि कोचिङ गराउँदै आई रहेका छन।यसैक्रममा यूपीएससी र डुब्लूवीसीएस २३-२४ को लागि एडवाडर्स फाउण्डेशनले उम्मेद्वारहरूको चयन गर्ने कार्यहरू गरी सकेका छन। चयनको निम्ति पहाडको विभिन्न क्षेत्रहरूबाट धेरैको संख्यामा विधार्थीहरूले अंश ग्रहण गरेका थिए।जसमा केही विधार्थीहरू चयन भएका छन।चयन भएका विधार्थी उम्मेद्वारहरूलाई एडवाडर्स फाउण्डेशनले बधाई र भावी अध्यानको शुभकामना दिएका छन। चयन नभएका विधार्थी एंव उम्मेद्वारहरूले सिलगढीको कोचिङ सेन्ट्ररमा सामेल हुन चाहे पाठयक्रम शुल्क आदिमा ३० प्रतिशत छुटको निम्ति ९६३५८९१४८७ एडवार्डस फाउण्डेशनको कार्यलयको नम्बरमा सम्र्पक गर्ने एडवाडर्स फाउण्डेशन टोलीले जनाएको छ।स्मरण रहोस एडवाडर्स फाउण्डेशन गत केही बर्ष अधिदेखि यूपीएससी,डब्यूवीसीएस आदि जस्ता उच्च सेवा कार्यको निम्ति तालिम दिने कार्यहरू गर्दै आई रहेका छन।गत केही महिना अधि मात्र एडवाडर्स फाउण्डेशनद्वारा तालिम प्राप्त एक विधार्थीले बैंक सेवाको उच्च पदको परिक्षा उर्तीण भई सकेका छन। यसको साथै एडवाडर्स फाउण्डेशनले गरीव विधार्थी हरूको शिक्षा अर्जन, गरीव विमारीहरूको उपचार, विमारी हरूको दवाई पानी आदि जस्ता कार्यहरू निस्वर्थ भावले गर्दै आई रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *