अनित थापाद्वारा मुख्यमन्त्री ममता ब्यानर्जीसित भेट

IMG-20220706-WA0156.jpg

हामीले मुख्यमन्त्रीलाई शपथ ग्रहण समारोहमा निमन्त्रणा दिएका छौं: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा जीटीए चुनावको परिणाममा सफलता हाँसिल गरेपछि राज्यकी मुख्यमन्त्रीको नियन्त्रणामा आज कलकत्तामा सौहार्दपूर्ण वातावरणमा भेटघाट गरेका छन्। यसको साथै पहाडको सामूहिक विकास कार्य, वेरोगारहरूलाई रोजगारको सूअवसर प्रदान गर्न, शैक्षिक संस्थानको विकास कार्य , पहाड़मा पर्यटक विकाशलाई जीटीएमार्फत गरिने राज्य सरकारलाई अवगत गराएको जानकारी प्राप्त भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई जीटीए सभाको सभासदहरूको शपथ ग्रहण समारोहमा निमन्त्रणा दिएको पनि बताइएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट गरेपछि राज्यको मन्त्री अरुप विस्वास र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले संयुक्त रुपमा पत्रकार सम्मेलनमा भाग लिएका थिए। पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिन्दै अनित थापाले जीटीएको बोर्ड गठन साथै शपथ ग्रहण समारोहमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई निमन्त्रणा दिएको र हामी अफिसियल निमन्त्रणा पनि पठाउने बताएका छन्। उनले जीटीएमा क्षेत्रीय एयएससी लागु गराउन, इम्प्लोइमेन एक्चेन्स लागु गराउने तथा विभिन्न प्रकारले पहाड़को उन्नति र विकास गराउन कार्य गर्ने बताएका छन्।

थापाले यसपालीको जनताले हामीलाई भोट दिएको छ र हामी पहाड़को उन्नति र विकासको लागि कार्य गर्नेछौं भन्दै मुख्यमन्त्री ममता ब्यानर्जी नै पहाड़को लागि सबै हुन् भनी बताएका छन्। उनले अहिले पहाड़ शान्ति छ र चुनावको बेला पनि कुनै अशान्ति भएन अनि चुनाव पनि शान्तीपूर्ण भएको बताए। उत्तर बंगाल बनिने र यसको पक्षमा छ कि छैन भनी पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा अनित थापाले य राजनैतिक स्टन्ट मात्रै हो भनी बताउँदै भाजपालाई १५ वर्ष सघाएको हो तर केही दिएन भन्दै म पहाड़को विकास र उन्नतिको लागि कार्य गर्न चाहान्छु भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement