सिलगढी: सिलगढीको विवेकानन्द विद्यालयमा एलपीजी ग्यासको उचित प्रयोग सम्बन्धी एक सचेतना शिविर आयोजना गरिएको थियो। ग्यास आपूर्ति कम्पनीले सोमबार दिउँसो शिविर आयोजना गरेको हो ।यस शिविर मार्फत विद्यार्थीहरुलाई एलपीजी ग्यासको उचित प्रयोग र सुरक्षाका लागि के–कस्ता उपायहरु अपनाउनु पर्छ भन्ने बारेमा समेत जानकारी गराइएको थियो। यसले विद्यार्थी र उनीहरुका परिवारलाई धेरै फाइदा हुने आयोजकको विश्वास छ।









