सिलगढी जङ्क्सन स्टेसनमा ‘देश विभाजनको भयावह स्मृति दिवस’ पालन

1551425237-D0fF2ZNU8AAxltl.jpg

सिलगढी: देशभरिमै आजको दिनलाई ‘देश विभाजनको भयावह स्मृति दिवस‘-को रूपमा पालन गरिरहेको छ। यस दिनलाई केन्द्र सरकारले विभाजनको पीडाको सम्झनाको रूपमा मनाउने घोषणा गरेको छ। यस विभाजनको इतिहासलाई स्मरण गर्न सिलगढी जङ्क्शन रेलवे स्टेशनमा पनि एउटा प्रदर्शनीको आयोजना गरियो। स्मरण रहोस्, सन् १९४७-मा भारत स्वतन्त्र भएको थियो। त्यस दिन अविभाजित भारतवर्षलाई विभाजन गरेर भारत र पाकिस्तान दुईवटा देशको रूपमा गठन गरेको थियो। विभाजनको क्रममा धेरैजना मानिसहरू आफ्नो घरबाट विस्थापित हुन परेको थियो। त्यस समय धार्मिक भेदभाव, महिलाहरूमाथि अन्याय-अत्याचार, धनको लुटपाट आदि जस्ता घटनाहरू भएको थियो भने लाखौँ मानिसहरूले प्राण समेत गुमाएका थिए। अत्याचारको डरले धेरैजना मानिसहरूले आ-आफ्नो घरबार छोडेर रातारात सिमाना पार गरेर भारतमा शरण लिन आइपुगेका थिए। ती दिनहरू कहिल्यै भुल्ने छैनौँ। यो इतिहास अझै पनि धेरैलाई थाहा नभएकोले गर्दा त्यस अवधिको इतिहासलाई सबै सामु ल्याउने केन्द्र सरकारले पहल शुरू गरेको छ। यसैले आजको दिन १४ अगस्तलाई ‘देश विभाजनको भयावह स्मृति दिवस‘-को रूपमा पालन गर्ने घोषणा गरेको छ। यसैले विभाजनको इतिहास प्रदर्शनीहरूको माध्यमद्वारा उजागर गर्ने उद्देश्य लिएर देशको महत्वपूर्ण रेलवे स्टेशनहरूलाई चयन गरेको हो। उक्त प्रदर्शनीको लागि कठियार डिभिजनको ६ वटा रेलवे स्टेशनलाई चयन गरिएको छ। जसमध्ये एनजेपी र सिलगढी जङ्क्शन स्टेशन पनि सामेल छ।

आज सिलगढी जङ्क्सन स्टेसनमा ‘देश विभाजनको भयावह स्मृति दिवस‘ पालन गरियो। यस दिन केही चित्रहरूको माध्यमद्वारा देश विभाजन कालको भयानक दिनहरू उजागर गरियो। देश विभाजनको समयमा भोग्न परेका विविध समस्या तथा अत्याचारहरूको साक्षी दुईजना नागरिक दुलाली पोद्दार र अपर्णा विश्वास पनि आज कार्यक्रममा उपस्थित थिइन्। ती द्वयले देश विभाजनको समयको भयावह दिनहरूको स्मरण गर्दै यसबारे जानकारी गराए। यस अवसरमा एनजेपी स्टेशन एपीओ सन्तोष कुमार दत्ता लगायत अन्य प्रमुख रूपमा उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *