सिलगढी विधान मार्केटमा स्निफर डगद्वारा निरीक्षण

Screenshot_20230814_224903_WhatsApp.jpg

सिलगढी: स्वतन्त्रता दिवसलाई केन्द्र गरेर सहरमा कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। सिलगढीको विधान मार्केट, शहरको सपिङ मल, रेलवे स्टेसन, बस स्ट्यान्ड लगायत सिलगढीको भीडभाड भएको इलाकामा सुरक्षा व्यवस्था बनाइराख्ने उद्देश्य लिएर पुलिसले गश्ती शुरू गरेको छ। सिलगढी पुलिसले स्वतन्त्रता दिवसको ठिक एक दिन अघि आज सोमबार साँझ सिलगढीको विधान मार्केट लगायत यसको परिसरमा स्निफर डगको सहयोगमा निरीक्षण शुरू गरेको छ।

यसैगरी, सहरमा आउने जाने प्रत्येक वाहनहरू लगायत मोटरसाइकल, स्कुटी आदि माथि पनि कठोर नजरदारी राखेको छ। यसको साथै ट्राफिक पुलिसको सहयोगमा विभिन्न ठाउँहरूमा चेकिङ अभियान लगातार जारी रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement