१४ अगस्तः स्पेनिश ला लीगा फूटबलको नयाँ सीजनमा रियल म्याड्रिडले जीतको साथ शुरुवात गऱ्यो जबकि बार्सिलोनाले चाहिँ ड्र-मै सन्तोष मान्नु पऱ्यो। रियल म्याड्रिडले आइतवार राति खेलिएको म्याचमा एथलेटिक क्लबलाई २-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा रियलबाट रोड्रिगोले २८औं र जूड बेलिंघमले ३६औं मिनटमा गोल गरे।

म्याचको अवधि रियल म्याड्रिडका स्टार खेलाड़ी एडर मिलिटाओले चाहिँ चोटले गर्दा मैदान छोड़्नु पऱ्यो। यसबीच गत सीजनको च्याम्पियन बार्सिलोना चाहिँ गेटाफे विरुद्ध गोलरहित ड्र (०-०)-मा रोकियो। गेटाफेको होम ग्राउण्डमा ७५ प्रतिशत पोजेशनको साथ खेले पनि बार्सिलोनाले गोल गर्न सकेन। म्याचमा बार्सिलोनालाई खेलाड़ी राफिन्हालाई ४२औं र गेटाफेका खेलाड़ी जाइमे माटालाई ५७औं मिनटमा रेड कार्ड देखाइयो।

ला लीगाका अन्य म्याचहरूमा ओसासुनाले सेल्टा विगोलाई २-०-ले अनि रियल बेटिसले भिल्लारियललाई २-१-ले पराजित गऱ्यो।