हिमाचल–उत्तराखण्डमा वर्षाका कारण ठूलो जनधनको क्षति, ४८ जनाको मृत्यु

00-1-HP-copy

शिमला: हिमाचल प्रदेश र उत्तराखण्डमा वर्षाका कारण मानिसहरु समस्यामा परेका छन्। हिमाचलमा अविरल वर्षाका कारण कम्तीमा ४८ जनाको मृत्यु भएको छ। यसैबीच उत्तराखण्डबाट पनि पहिरोका कारण ठूलो जनधनको क्षति भएको खबर छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म दुवै प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

हिमाचल प्रदेशमा १४ अगस्त अर्थात सोमबार वर्षाले विनाश जारी राखेको छ र अहिलेसम्म कम्तिमा ४८ जनाको मृत्यु भएको छ। जसमध्ये शिमलामा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको थियो। शिमलाको समर हिल इलाकामा रहेको शिव मन्दिरको भग्नावशेषमा धेरै मानिस दबिएको आशंका गरिएको छ। साउन महिना भएकाले दुर्घटना हुँदा मन्दिरमा भक्तजनको भीड लागेको थियो।

हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्द सिंह सुखुले शिमलाको समर हिल क्षेत्रमा पहिरो गएको ठाउँको अवस्थाको निरीक्षण गरे। उनले भने, ‘म जनतालाई घरभित्रै बस्न, खोला र पहिरोको जोखिममा नजान आग्रह गर्छु। वर्षा रोकिएसँगै पुनर्निर्माणको काम शुरु हुनेछ। हिमाचलको सोलन जिल्लाको जदोन गाउँमा आइतबार राति बादल पड्किँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ। हिमाचलमा भारी वर्षाको कारण सोमबार सबै विद्यालय र कलेजहरू बन्द गर्न निर्देशन दिइएको आईएमडीले विगत २४ घण्टामा देशका विभिन्न भागमा भारी वर्षा भएको जनाएको छ। उत्तराखण्डको ऋषिकेश ४२.०० सेन्टिमिटर वर्षाको साथ पहिलो स्थानमा छ, त्यसपछि कांगडा, हिमाचल प्रदेश २७.०० सेन्टिमिटर वर्षा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement