कालचिनी सीडीपीओको विदाई, तिनको स्थानमा मदारीहाटको सीडीपीओले अतिरिक्त पदभार ग्रहण गर्ने

IMG-20220706-WA0152.jpg

कालचिनी: विगत २०१५ को दिसम्बर महीनाबाट कालचिनी चाइल्ड डेभलपमेन्ट प्रोजेक्ट अफिसर (सीडीपीओ) को भार सम्हाल्दै आईरहेको सीडीपीओ सायक दासको स्तानान्तरण भएको छ। तिनले मालबजारमा सीडीपीओको नयाँ पदभार ग्रहण गर्ने बताईएको छ। आज कालचिनी सीडीपीओ कार्यालयमा कार्यालयका कर्मचारी लगायत सुपरभाइजरहरूले सीडीपीओ सायक दासलाई खदा र माला औ फूलको गुच्छा न्यानो स्मृति चिन्ह उपहार प्रदान गर्दै विदाई दिएको थियो। कार्यालयमा आज सीडीपीओको विदाई समारोहमा एसीडीपीओ नर्बट लेप्चा, सुपरभाइजर फेबीवाला हेम्ब्रम, काजल रोय, सुलोचना गजमेर एवम् कार्यालयका कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो भने विदाई सीडीपीओ सायक दासलाई सबैले भलाकुसारीको साथमा उपहार प्रदान गरिएको थियो।
विदाई सीडीपीओ सायक दासले आफू कालचिनीमा सीडीपीओको पदभार सम्हालेको प्रायः ७ बर्ष भएको र यहाँ सबैसित राम्रो सम्बन्ध राखेर आएको र आफूले सकेजति सबै प्रकारको शिशु विकास प्रकल्पको कामहरू गरेको र राम्रो अनुभव बटुल्न सकेको जनाएका छन्। विदाई सीडीपीओ साहेब सायक दास आएदेखि आईसीडीएस प्रकल्पको धेरै कामहरू कालचिनी ब्लकमा राम्रो भएर गएको र तिनले सदैव सबैसित राम्रो व्यावहार रहेको र आज तिनलाई विदाई दिनु पर्दा भावुक बनेको सुपरभाइजर फेबीवाला हेम्ब्रम लगायत अन्यान्यले बताएको छ। विदाई सीडीपीओ सायक दासले जनाएअनुसार तिनको स्थानमा अतिरिक्त पदभार मदारीहाट बीरपाड़ा ब्लकको सीडीपीओ नाजिरुल आमिनले सम्हाल्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement