नयाँ दिल्ली: बजट एयरलाइन स्पाइस जेटले चालू वित्त वर्ष २०२३-२४ को पहिलो त्रैमासिक (अप्रेल-जून) को परिणामको घोषणा गरेको छ। ३० जूनमा समाप्त पहिलो तिमाहीमा कम्पनीको लाभ २०५ करोड़ रूपियाँ रहेको छ। कम्पनीलाई गत वित्त वर्षको समान अवधिमा ७८९ करोड़ रूपियाँको शुद्ध घाटा भएको थियो।
स्पाइस जेटले सोमबार बयान जारी गरी बताएको छ, यात्रीहरूको संख्या बढ्दा एयरलाइनलाई फायदा पुगेको छ। बयानअनुसार, चालू वित्त वर्ष २०२३-२४ को अप्रेल-जून तिमाहीमा एय़रलाइनलाई २०५ करोड़ रूपियाँको लाभ भएको छ। यस अवधि कम्पनीको परिचालन आय २,००२ करोड़ रूपियाँ रहेको छ, जुन गत वित्त वर्षको समान अवधिमा २,४५७ करोड़ रूपियाँ रहेको थियो। कम्पनी अनुसार, जून तिमाहीमा एय़रलाइनको व्यय घटेर १,२९१ करोड़ रूपियाँ भएको छ, जुन पछिल्लो वित्त वर्षको समान तिमाहीमा २,०७२ करोड़ रूपियाँ रहेको थियो। स्पाइस जेटका अध्यक्ष एवं प्रबन्ध निदेशक अजय सिंहले भने, धेरै चनौतीहरूको सामना गरे पनि एय़रलाइनले चालू वित्त वर्ष २०२३-२४ को पहिलो तिमाहीमा लाभ कमाएको छ। -हिस