१४ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार दोस्रो सेमिफाइनल म्याच खेलियो। सेण्ट जेभियर्स स्कूल मैदान, पाक्योंगमा आज भएको म्याचमा पाक्योंग जिल्ला पुलिसले असल इलेभेन रंगलीलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमका खेलाड़ी म्याक्सवेललाई प्लेयर अव् द म्याच चयन गरियो । अब १५ अगस्तमा खेलिने फाइनलमा जेभीसी सिंगताम र पाक्योंग जिल्ला पुलिसबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










