टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ फिजिकल अडिसन शुरु हुने

00-1-Dohorii

टीआरआई समाचार

काठमाडौं: टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ फिजिकल अडिसन शुरु हुने भएको छ।
मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो शो हुन लागेको हो। ३० अगस्त  मंगलबारदेखि चावहिल स्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन शुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जनाकारी दिएको छ। यस दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ।  शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहेका छन्। शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन्। ‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने आयोजकले जनाएको छ। आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि शोको प्रसारण शुरु हुने बताएको छ।

About Author

Advertisement