गान्तोकः सिक्किमको नाथाङकी सरपञ्च पेमा शेर्पालाई केन्द्रिय जनजाति मामिला मन्त्री अर्जुन मुण्डाले एक अन्तरक्रियात्मक सत्र कार्यक्रममा सम्मानित गरेका छन्। उक्त कार्यक्रम आज नयॉं दिल्लीमा जीवन्त गाउॅंहरूका सरपञ्चहरूसॅंग गरिएको पीआईबीले प्रेस विज्ञप्तिमा जानकारी दिएको छ। पेमा शेर्पा सिक्किमको जीवन्त गाउॅंका पॉंच सरपञ्च मध्ये एक हुन्, जो अहिले दिल्लीमा छन् र भोलि १५ अगस्तका दिन अवसरमा लाल किलामा आयोजित हुने प्रधानमन्त्रीको स्वतन्त्रता दिवस कार्यक्रममा सहभागी बन्नेछन्। सिक्किमका अन्य चार सरपञ्चहरू लिङचोम-तिङ्गदाका छेवाङ फुर्बा शेर्पा, साक्योग-पेन्टोङका पेमटोक लेप्चा, तिङवोङका लाकित लेप्चा र लाचेनका सोनाम ग्याछो लाचेनपा रहेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भाषण सुन्न देशभरिबाट १,७०० जनालाई विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ, जसमा ६६२ जीवन्त गाउॅंका ४०४ सरपञ्च पनि सामेल छन्।