चामलिङले दिए स्वतन्त्रता दिवसको शुभकामना

IMG-20230814-WA0366.jpg

गान्तोक: देशको ७७औं स्वाधीनता दिवसको उपलक्ष्यमा सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी अध्यक्ष पवन चामलिङले सिक्किमबासीलाई बधाई र शुभकामना जनाएका छन्। उनले आफ्नो सन्देशमा यस ऐतिहासिक अवसरमा देशको स्वाधीनताका लागि संघर्ष गर्ने, देशको मुक्तिको लागि जीवन अर्पण गर्ने अनि देश र देशवासीका लागि सम्पूर्ण कुराहरू समर्पण गर्ने समस्त शहीद र स्वतन्त्रता-संग्रामी देशभक्तहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुर्खाहरूको सर्वोच्च बलिदान र त्यागको कारणले आज हामीले यो अधिकार पाएका र त्यसैले यो स्वतन्त्रतालाई सुरक्षित राख्ने राखिराख्ने जिम्मेवारी हामी सबैको हो भनी बताए। देशले आजादी पाएको आज ७६ वर्ष पूरा भइसकेको छ र हामीले पनि देशको अभिन्न अङ्गका रूपमा स्वतन्त्रताको उपभोग गरेको ४८ वर्ष भइसकेको छ तर देशले स्वतन्त्रता पाउँदैमा नागरिकहरूको जीवनमा पनि स्वतन्त्रता आफै-आफ कायम हुनसक्छ भन्ने कुरा पूर्ण सही होइन भन्ने कुरो हाम्रा आफ्नै अनुभवहरूले प्रमाणित गरेको दाबी गरेका छन्। उनले आफ्नो सन्देशमा देशले भोगिरहेका जटिल समस्याहरूलाई पहिचान गरेर हामीले सिक्किमेली जनगणका बुनियादी समस्याहरूलाई हल गर्ने इमान्दार प्रयास गरेको कुरा अवगत गराएका छन्। सिक्किमे नागरिकहरूका आधारभूत आवश्यकताहरूलाई सम्बोधन गरेर एउटा सबल, सक्षम र सम्पन्न समाजको घड़ेरी बसाल्ने र सिक्किमेहरूलाई सबै क्षेत्रहरूमा अग्रणी बनाउने अभियान हामीले आफ्नो सरकारकालमा चलाउँदै ल्याएको कुरो जनतालाई थाह भएको उल्लेख गर्दै त्यो सचेत र सुनियोजित पहलले सिक्किमेली समाजमा धेरै सकारात्मक परिणामहरू दिएको स्मरण गराएका छन्। हाम्रो देश बहु-भाषिक, बहु-सांस्कृतिक र बहु-जातीय देश हो। विविधतामा एकता नै हाम्रो शक्ति र सौन्दर्य हो। विभिन्न जात-जाति, भाषा र संस्कृतिको मिलनले नै भारत बनेको छ। यो सच्चाइ हो, र यसलाई स्वीकार गरेर मात्र भारत देशको वास्तविक शक्तिलाई चिन्न र बुझ्नसकिन्छ। तर आज पनि यस तथ्यलाई स्वीकार गर्न नसक्नेहरू जातीय अहंकारका कारण साम्प्रदायिकतावादको विष फैलाउने काम गरिरहेको जिकिर चामलिङले गरेका छन्।

हाम्रो देशको संविधानले नै जातीय र सामाजिक वर्गहरूको पहिचान र स्वीकृति दिएको छ भन्दै सबै सिक्किमेहरूलाई सबै क्षेत्रहरूमा पहिचान, आरक्षण र सुरक्षा दिएर समान रूपले विकास गर्ने मौका दिएको उल्लेख गरेका छन्।

आर्थिक स्वतन्त्रताबिना आजादीको अर्थ पूरा हुनसक्दैन भन्ने हामीले बुझ्नुपर्दछ भन्ने विचार पनि एसडीएफ अध्यक्षले सन्देशमा राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement