सिक्किमका दुई पुलिस अधिकारी राष्ट्रपति पुलिस मेडलद्वारा सम्मनित हुने

photocollage_20238150581431.jpg

गान्तोकः स्वतन्त्रता दिवस २०२३ को अवसरमा सिक्किमका दुईजना वरिष्ठ पुलिस अधिकारी राष्ट्रपति पुलिस मेडलद्वारा सम्मानित हुने भएका छन्। यस वर्षको स्वतन्त्रता दिवसको अवसरमा देशका कुल ९५४ जना पुलिस कर्मी सम्मानित हुने भएका छन् जसमा सिक्किमका दुई पुलिस अधिकारी पनि सामेल छन्।

देशको गृह मन्त्रालयबाट प्राप्त जानकारी अनुसार, सिक्किम पुलिसका अतिरिक्त महानिदेशक अभिनन्चल प्रतिष्ठित सेवाका लागि राष्ट्रपति पुलिस मेडलद्वारा सम्मानित हुने भएका छन्। यसरी नै सिक्किम पुलिसका डिपुटी इन्सपेक्टर जेनरल सोनाम ग्याछो भोटिया मेधावी सेवाका लागि पुलिस मेडलद्वारा सम्मानित हुनेछन्। जानकारी गराइन्छ, स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष केन्द्र सरकारले विशिष्ट सेवा पुऱ्याउने पुलिस कर्मचारीलाई सम्मान गर्ने गरेको छ,जसमा लगातार सिक्किम पुलिसका कर्मचारीहरूको नाम समावेश हुने गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement