कोलकाताः राष्ट्रपति द्रौपदी मुर्मूले आगामी १७ अगस्तको दिन कोलकातामा गार्डन रिच शिप बिल्डर्स एण्ड इञ्जीनियर्स लिमिटेड (जीआरएसई)-को प्रोजेक्ट १७ए फ्रिगेट विन्ध्यगिरीलाई लञ्च गर्नेछन्। भारतीय नौसेनाका अधिकारीले सोमवार बताए, राष्ट्रपतिको उपस्थितिमा यस अत्याधुनिक स्वदेशी युद्धपोतको जलावतरण हुनेछ।
कर्नाटकको एक पर्वत श्रृङ्खलाको नाममा राखिएको विन्ध्यगिरि प्रोजेक्ट १७ए फ्रिगेट्सको छैटौं जहाज हो। प्रोजेक्ट १७ए कार्यक्रम अन्तर्गत मुम्बईस्थित मझगाउँ डक शिप बिल्डर्स लिमिटेड (एमडीएल)-मा चार औ गार्डन रिच शिप बिल्डर्स एण्ड इञ्जीनियर्स लिमिटेड (जीआरएसई)-मा तीन जहाज निर्माणाधिन छन्। परियोजनाका पहिलो पाँचवटा जहाजलाई वर्ष २०१९-२०२२ बीच एमडीएल र जीआरएसईद्वारा लञ्च गरिएको थियो।
अधिकारीले भने- “यो युद्धपोत प्रोजेक्ट १७ क्लास फ्रिगेट्स (शिवालिक क्लास)-को फलोअन हों जसमा श्रेष्ठ स्टील्थ फिचर्स, उन्नत हतियार एवं सेन्सर, प्लेटफर्म प्रबन्धन सिस्टम छ।” आईएनएस विन्ध्यगिरि जुन नीलगिरि वर्गको युद्धपोतमा छैटौं र अन्तिम थियो, त्यसले ८ जुलाई, १९८१ देखि ११ जून, २०१२ सम्म लगभग ३१ वर्षको सेवा अवधिमा कैयौं बहुराष्ट्रिय अभ्यास देखिसकेको थियो साथै कैयौं समुद्री निगरानी, तटीय गस्त औ समुद्री डकेती विरोधी अभियान चलाएको थियो। वर्ष २०११- मा एउटा व्यापारिक जहाजसित भएको दुर्घटनामा क्षतिग्रस्त भएपछि यसलाई सेवामुक्त गरिएको थियो।
प्रोजेक्ट १७ए अन्तर्गत जहाजहरूलाई भारतीय नौसेनाको युद्धपोत डिजाइन ब्यूरोद्वारा इन-हाउस डिजाइन गरिएको छ। नौसेना अनुसार प्रोजेक्ट १७ए जहाजहरूको उपकरण एवं प्रणालीहरूको लागि ७५ प्रतिशत अर्डर एमएसएमई सहित स्वदेशी फर्माबाट आएको छ।