बंगाल भाजपा नेतृत्वलाई जेपी नड्डाको सुझाउ- बेकामे बयानबाजी होइन, काम गर्नुहोस्

j-p-nadda-e1620202379285-1

कोलकाताः भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय अध्यक्ष जेपी नड्डाले आफ्नो दुई दिनको बंगाल भ्रमणावधि पार्टीको प्रदेश एकाईलाई आगामी वर्ष २०२४-को लोकसभा चुनाउलाई मध्यनजर गर्दै ठूलो जिम्मेवारी सुम्पिएका छन्। उनले प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदार, पूर्व अध्यक्ष दिलीप घोष सहित अन्य नेताहरूसित गत आइतवार अबेर साँझ महत्वपूर्ण बैठक गरेका छन्। बैठकमा सामेल सूत्रले बताए अनुसार जेपी नड्डाले प्रदेश भाजपा नेतृत्वलाई दुई शब्दमा भने, प्रदेश भाजपाका नेताहरूले लामो समयदेखिको जुन किसिमको बेकामे बयानबाजी गरिरहेका छन् त्यसलाई बन्द गर्नुपर्छ। उनले यो पनि भने, काममाथि बढ़ी ध्यान दिन आवश्यक छ। यसै त पञ्चायत चुनाउमा पार्टीको प्रदर्शन पहिलाको तुलनामा राम्रै रह्यो, तर सन्तोषजनक छैन।

बैठक अवधि पार्टी नेताहरूसित नड्डाले भने, गत वर्ष २०१९-को लोकसभा चुनाउमा भारतीय जनता पार्टीले राज्यका ४२ मध्ये १८ सीटमा जित हासिल गरेको थियो। त्यसपछि पार्टीको जनाधारमा निरन्तर ह्रास आएको छ। वर्ष २०२१- को विधानसभा चुनाउमा पनि प्रदर्शन त्यति सन्तोषजनक थिएन। त्यहाँदेखि यता जति पनि चुनाउहरू भए ती सबैमा वामदलहरूको गठबन्धनले भाजपालाई पछारेको छ। यस अवस्थामा आगामी वर्ष २०२४- को लोकसभा चुनाउ अत्यन्त महत्वपूर्ण छ।

वर्ष २०१९-को प्रदर्शनलाई दोहोऱ्याउने वा त्योभन्दा राम्रो प्रदर्शन गर्ने जिम्मेवारी प्रदेश नेतृत्वहरूलाई दिँदै नड्डाले भने, एका-अर्कासित राम्रो तालमेल बनाएर धरातलमा काम गर्न आवश्यक छ। केन्द्र सरकारले गरेका राम्रो कामहरूको प्रचार र ममता ब्यनर्जी सरकारको भ्रष्टाचारहरूलाई मानिसहरू समक्ष राख्ने लक्ष्य समेत उनले पार्टी नेताहरूलाई दिए। उनले इशारा-इशारामा दिलीप घोष, सुकान्त मजुमदार, शुभेन्दु अधिकारी र अन्य नेताहरूमाझ हुने भनाबैरीलाई लिएर पनि असन्तुष्ट व्यक्त गर्दै भने, तपाईहरू सबै नै वरिष्ठ नेताहरू हुनुहुन्छ। यदि कुनै समस्या छ भने पार्टी फोरमको उचित मञ्चमा कुरा राख्नुपर्छ, तर सार्वजनिक रूपमा बयानबाजीले पार्टीको छवि धमिलिने काम मात्र भएको छैन जबकि आगामी चुनाउको लागि पनि समस्याहरू उत्पन्न गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement