चाल्सामा भानुभक्तको सालिग अनावरण हुन

IMG-20220706-WA0149.jpg

चाल्सा: भानु जयन्ती आयोजक कमिटी चाल्साको तत्वावधानमा मटेली ब्लकस्थित चाल्सा गोलाईको लालशुक्रा पार्कमा आगामी १३ जुलाईको दिन आदिकवि भानुभक्त आचार्यको सालिग अनावरण हुन भएको छ। उक्त दिन कविता पाठ, रामायण पाठ अनि संस्कृति कार्यक्रम पनि हुने आयोजक कमिटीको सभापति दिलीप प्रधान, सचिव रामबहादुर शेर्पा, कोषाध्यक्ष दावा लामाले जानकारी गराएका छन्। बिगत एक बर्ष अघि भानुभक्त एवं रवीन्द्रनाथ स्पोटिङ क्लबले थालेको यो पहल अब पुरा हुन गइरहेको छ। जसमा मटेली पञ्चायत समितिको तर्फबाट यो सालिग प्रदान गरिएको छ।

About Author

Advertisement