सेनाको जवानले रच्यो आफ्नै अपहरणको कथा

IMG-20230410-WA0169-11-300x172-10

कोलकाताः भारतीय सेनाको एक जवानले नशामा धुत भएर आफ्नो अपहरणको झूठो कथा रचेर परिजनहरूलाई फोन गऱ्यो। यसपछि चिन्तित परिजनहरू जब लाल बजारस्थित कोलकाता पुलिस मुख्यालय पुगे र पुलिसले तत्काल कारबाही गरी जवानलाई सुरक्षित उद्धार गऱ्यो तब यसको पछाड़ीको षड़यन्त्रको खुलासा भयो। जवानको अपहण नभएर रूपियाँको खाँचो पर्दा उसले नशामा धुत भएर आफ्नो अपहऱणको कथा रचेको थाहा लाग्यो।

सोमवार लाल बजार स्थित कोलकाता पुलिस मुख्यालयको एक सूत्रले यसबारे जानकारी गराउँदै भन्यो, उक्त जवानको नाम अरूण गुलेरिया हो। जवान अरूणाचल प्रदेशको २० सिख रेजीमेन्टमा काम गर्दछ। १२ अगस्तमा चिकित्साको निम्ति अलीपुरको कमान्ड अस्पताल आएको थियो। त्यहाँबाट फर्केर कोलकाता न्यू मार्केट गयो र यहाँ एउटा गेस्ट हाउसमा कमरा भाड़ामा लियो। आइतवार उसले आफ्ना परिनजहरूलाई फोन गऱ्यो र केही मानिसहरूले उसको अपहरण गरेको, ४० हजार रूपियाँको आवश्यकता छ भनेर फोन गऱ्यो र त्यसपछि फोन बन्द आयो। परिजनहरू समय व्यर्थ नफाली लाल बजार स्थित कोलकाता पुलिस मुख्यालय पुगे।

यहाँ डिटेक्टिव डिपार्टमेन्टले जाँच शुरू गऱ्यो र फोनको लोकेशन ट्रेस गरी न्यू मार्केटको होटल पुग्यो। त्यहाँ नशामा धुत स्थितिमा अरूणलाई सुरक्षित उद्धार गरियो। पछि थाहा लाग्यो कि उसको अपहरण भएको थिएन, उसलाई रूपियाँको खाँचो थियो र यसैले उसले आफ्नो अपहरणको झूठो कथा रच्यो। न्यू मार्केट थाना पुलिसले सोमवार उसलाई भारतीय सेनाको पूर्वी कमानलाई सुम्पेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement