विश्वविद्यालयमा ऱ्यागिङलाई लिएर हाईकोर्टमा याचिका

IMG-20230410-WA0169-11-300x172-10

कोलकाताः राज्यका विभिन्न विश्वविद्यालयहरूमा छात्रहरूको साथ ऱ्यागिङलाई लिएर कलकत्ता हाईकोर्टमा जनहित याचिका दर्ता गरिएको छ। सोमवार मुख्य न्यायाधीश न्यायमूर्ति टीएस शिवगणनम र हिरणमय भट्टाचार्यको खण्डपीठमा अधिवक्ता सायन ब्यानर्जीले यो जनहित याचिका दर्ता गरेका छन्। कोर्टले यसलाई स्वीकार पनि गरेको छ।

यसमा जादवपुर यूनिवर्सिटीमा भएको छात्रको मृत्युको उल्लेख गर्दै राज्यको कुनैपनि विश्वविद्यालयमा ऱ्यागिङ नगर्ने नियमहरूको अनुपालन नभएको दाबी गरिएको छ। जूनियर छात्रहरूमाथि लगातार अत्याचार गरिन्छ। विश्वविद्यालयहरूमा ऱ्यागिङ रोक्नका लागि सीबीआईका पूर्व निदेशक आरके राघवनको नेतृत्वमा एक ऱ्यागिङ रोकथाम समितिको गठन गरिएको थियो। उसले धेरै निर्देशिकाहरू दिएको थियो तर कुनैपनि पालन भइऱहेको छैन। यस मामिलामा छिट्टै नै सुनवाई हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement