बहरमपुर बस स्ट्याण्डमा युवकको रगतमा लतपत शव उद्धार

IMG-20230410-WA0169-11-300x172-10

कोलकाताः मुर्शिदाबाद जिल्लाको बहरमपुर बस स्ट्याण्डमा सोमवार बिहानै एक युवकको रगतमा लतपत शव उद्धार गरिएको छ। स्थानीय मानिसहरूले सूचना दिएपछि घटनास्थलमा पुगेको पुलिसले शव उद्धार गरी पोस्टमार्टमको निम्ति पठाएको छ। मृतकको शरीरमा धारिलो हतियारले हमला गरिएको निशान पाइएको छ। घटनालाई लिएर बस स्ट्याण्डमा काम गर्ने कर्मचारी असुरक्षित महसूस गरिरहेका छन्।

पुलिसको प्रारम्भिक अनुमान अनुसार, युवकको हत्या गरिएको हो। उसको परिचय अहिले पत्तो लागेको छैन। उसको फोटो सबै थानाहरूलाई पठाइएको छ ताकि छिटोभन्दा छिटो उसको पहिचान हुनसकोस्। उसलाई कसले कहिले माऱ्यो, यसको पत्तो लगाउनका लागि पुलिसले सीसीटीभी फुटेजको जाँच गर्नु शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement