कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको बागुइहाटी थाना क्षेत्रमा एक व्यक्तिले पत्नीलाई गोली हिर्काइ थानामा समर्पण गरेको छ। घटना सोमवार बिहानै बागुइहाटीको नारायणपुर क्षेत्रको हो। मृतकको पहिचान टुम्पा घोषको रूपमा गरिएको छ।
छिमेकीहरूले भने, बिहानको समय अचानक गोली चलेको आवाज सुनियो। घटनास्थलमा गएर हेर्दा महिला रगतमा लतपत अवस्थामा भूइमा लड़ेकी थिइन्। उसलाई दुई वटा गोली हिर्काइएको थियो। घटना भएको तुरन्तै आरोपितले दैलो बन्द गऱ्यो र बाहिर निस्क्यो। व्यक्ति सीधा थाना पुग्यो र हत्यामा प्रयोग गरिएको बन्दुक पुलिसकर्मीहरूलाई सुम्पिन्दै सरेन्डर गऱ्यो। उसले भन्यो, उसकी पत्नीको एक्सट्रामेरिटल सम्बन्ध थियो, जसलाई लिएर संधै घरमा झगड़ा हुनेगर्थ्यो। पुलिसले उसको बयानको जाँच गरिरहेछ। शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति पठाइएको छ। मृतकाको परिजनहरूलाई पनि यसबारे सूचना दिइएको छ।
-हिस









