सुकेपोखरी: पयर्टकहरुलाई मानेभञ्ज्याङ पुराएर घर फर्किरहेको बेला डब्ल्यु ७८/२१९४ नम्बरको जाइलो वाहन सोमबार राती दुर्घटनाग्रस्त हुँदा वाहन चालकको घटस्थलमा नै मृत्यु भएको सुके पुलिसले यस बारे जानकारी गराएको छ| सुके-मानेभञ्ज्याङको प्रमुख सडकमा १६ मईको मध्यराती घटेको वाहन दुर्घटनामा परेर ज्यान गुमाउने ४३ वर्षीय युवक विकास तामाङ पेशोक निवासी रहेको जनाइएको छ| दुर्घटनाग्रस्त वाहन सडकदेखि ६ सय फिट तल झरेको तथा उक्त वाहन पूर्ण क्षतिग्रस्त बनेको थप जनाउँदै आज बिहान घटनाको जानकारी पाउन साथै सुकेपोखरी पुलिस,एसएसबी अनि जोरबङ्लो सुकेपोखरी खण्ड आपदा प्रबन्धन विभागीय अधिकारी घटनास्थल पुगेर मृत शरीर उद्धार गरी पोस्टमर्टमको निम्ती दार्जीलिङ पठाएको सुके थानाले जनाएको छ|