सांसदले बिधान मार्केटका पसलहरुको स्वामित्वका सम्बन्धमा व्यापारीहरुसँग बैठक

63330833-bf1a-4aaf-a699-b52758d75204

सिलगढी: दार्जिलिङका सांसद राजु विष्टले विधान मार्केट पसलहरूको स्वामित्वको मुद्दामा व्यापारीहरूसँग बैठक गरे। सोमबार विधान मार्केट व्यापारी संघका सदस्यहरूसँगको बैठकपछि सांसद राजु विष्टले विधान मार्केटका व्यापारीले स्वामित्वको हक पाउनुपर्ने जायज माग रहेको बताए। अर्कोतर्फ व्यापारीको समस्या स्थानीय विधायकमार्फत् विधानसभामा राखिने छ। साथै उनले यस विषयमा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाललाई लिखित जानकारी गराउने वाचा गरे। यसबाहेक आवश्यक परे यो विषय लोकसभामा उठाउने आश्वासन पनि उनले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement