सिलगढी: अगस्ट १४ लाई राज्यभर कन्याश्री दिवसको रूपमा मनाइन्छ। यो वर्ष कन्याश्री परियोजनाको १०औं वार्षिकोत्सव हो। यो दिवस राज्यभरका साथै पीके रोय हाईस्कूल, साहुदङ्गीहाट, राजगञ्जमा पनि मनाइएको थियो। साइकल र्याली गरी यो दिवस मनाइएको हो। सयभन्दा बढी छात्राको र्यालीमा विद्यालयका प्रधानाध्यापक प्रदीप चौधरीले भने, ‘हामीले अगस्त १४ गते कन्याश्री दिवस मनाउँदै आएका छौँ। यस वर्ष कन्याश्री दिवसको दशौँ वर्ष भएकोले यसलाई सफलतापूर्वक मनाइँदैछ।” यस परियोजना मार्फत केटीहरूले सरकारबाट आर्थिक सहयोग पाएका छन्। यस सहयोगको फलस्वरूप, विद्यार्थीहरूले सफलतापूर्वक आफ्नो पढाइ पूरा गर्न र आत्मनिर्भर बन्न धेरै लाभ उठाएका छन्।