सिलगढी: केन्द्र सरकारले सिलगढी जिल्ला परिषद अन्तर्गत भुट्टाबारी क्षेत्रमा धेरै विकास कार्यहरू गराउनेछ। त्यसका लागि दार्जिलिङ जिल्लाका सांसद राजु विष्टले सोमबार उक्त क्षेत्रको भ्रमण गरेका थिए। उनले सो क्षेत्रमा सडक निर्माणलगायत धेरै विकासका काम गरिने बताए। यससँगै उनले राष्ट्रिय राजमार्ग केन्द्र सरकारले बनाउने तर यसको मर्मत सम्भारको जिम्मा लोकविभागको हुने बताए। यस क्षेत्रका जनतालाई कुनै किसिमको अप्ठ्यारोमा पर्न नपरोस् भन्ने सुनिश्चितता गरिने सांसदले बताए।