कोलकाता: जीटीएका नवनिर्वाचित सभासद एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का अध्यक्ष अनित थापाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई नवनमा भेट गरेl अब छिट्टै बोर्ड गठन हुने भएको हुनाले मुख्यमन्त्रीलाई आमन्त्रण गरिएको छ। मन्त्री अरुप विश्वासले अनित थापालाई पार्टीले समर्थन गर्ने, अध्यक्ष भएमा समर्थन गर्ने बताए। गत महिना भएको जीटीएको चुनावमा अनित थापा नेतृत्वको रहेको भागोप्रमो विजय हासिल गरेको छl