खरसाङ: खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बिजय जुलुस र खरसाङ खण्डमा बोर्ड गठन र शपथ ग्रहण समारोह अघि मोटर स्ट्याण्डबाट रैली शुरु हुन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको २३ जना पञ्चायत समितिको सदस्यहरूलाई खदार्पणसहित बधाई तथा शुभकामना दिएका छन्। यस अवसरमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भागोप्रमोको केन्द्रीय अध्यक्ष अनित थापाले जीटीए क्षेत्रको ९ वटा पञ्चायय समितिको बोर्डमा भागोप्रमोले ८ वटामा बोर्ड गठन गरेको बताएका छन्। उनले खरसाङको १४ वटा ग्राम पञ्चायतहरूमा केवल एउटामा मात्र बोर्ड गर्न असफल बनेको तर सबैमा बोर्ड गठन गर्न सफल बनेको बताए। उनले खरसाङको चिमनीमा जसले जिते पनि जनताको लागि काम गर्ने सुझाव राखेका छन्। उनले खरसाङमा आएर हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले लगाएको आरोपहरूको पनि खण्डन गरेका छन्। अनित थापाले भने, ‘अजय एडवर्डले केवल अनित थापाको नाम लिएर के के भनेको तर के के भन्नुभन्दा जनताको लागि काम गरेको राम्रोलहो। हाम्रो पार्टी अहिलेसम्म पञ्जीकरण नभएको बताउँदै अरूको कुरा गर्नुभन्दा क्रियटिभ रूपमा काम गर्नुपर्छ। जबसम्म अजय एडवर्डले हार स्वीकार गर्दैन तबसम्म ऊ अघि बढ्नु सक्दैन। हाम्रो पार्टीको शीर्षस्थ नेताहरूले पार्टी छोडी सके।”

पत्रकारहरूले पर्जापट्टा विषयमा सोधेका प्रश्नको उत्तर दिन्दै ५ डेसिमल जमीनको पर्जा पट्टा विषयमा विपक्षले केवल इस्यु बनाएको मात्र हो तर पहाड़मा रहेको चियाबारीहरूमा बसोबासो गर्नेहरूका लागि कसैले यस्तो काम गरेका थिएनन् जुन हामीले गरेका छौं र यो ऐतिहासिक पहल बनेको छ भनी बताएका छन्। थापाले हिज मात्र आफुले राज्यकी मुख्यमन्त्रीलाई बगान क्षेत्रको कृृषि जमीनको लागि पनि पत्रचार गरेको र सबै विस्तारै हुने कारण सबै एकैचोटी सम्भाव नहुने र विस्तारै सबै हुन्छ र त्यसको लागि विस्तारै बुझाउनुपर्छ भनी बताएका छन्। बगानवासीमा जमीनको पर्जा पट्टा विषयमा बोल्दै थापाले भने, ‘जस जसले पर्जा पट्टाको विरोध गर्दैछ उनीहरूको पञ्जीकृत जमीन छ। कसैले नगरेको काम हामीले गरेका छौं। बगान क्षेत्रमा अनित थापा मसीहा हुन्छ भनेर अहिले पट्टाको विरोध गरिएको हो। अस्सी प्रतिशत मानिसहरूका हातमा जमीनको कागज छैन। हामी कसैलाई पट्टा थाप्नु भनेर जबरजस्ती गर्दैनौं। २० प्रतिशत मानिसहरूका धेरै जमीन होला तर अधिकांश मानिसहरूकोमा ३ डेसिमलभन्दा बेसी जमीन छैन। जमीनको कृषि जमीन पनि पाउनुपर्छ। यसको लागि पहल शुरु गरेका छौं। हामीलाई जमीनको कागज पत्र चाहिन्छ। त्यही कागज हामी दिलाउँदैछौं।’
अनित थापाले भागोप्रमोको जीत ग्राउण्ड रियलिटीको जीत हो भनी बताएका छन्। उनले एसएससीको प्रोसेस शुरु भएको र यसको घोषणा मुख्यमन्त्रीको भ्रमणाधि गरिने बताएका छन्। थापाले शान्तिको माध्यम नै विकासको माध्यम रहेछ अनि पहाड़मा जबसम्म ध्वंसात्मक राजनीति होइन रचनात्मक राजनीति चल्छ भनी बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खरसाङ खण्डको पञ्चायत समितिमा बोर्ड गठन र शपत ग्रहण सकेर खरसाङ महकुमा शासक कार्यालयदेखि पंखाबारी रोड हुँदै मोटर स्ट्याण्डसम्म बिजय रैली गरिएको थियो। उक्त रैलीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा विशेष रूपमा उपस्थित रहेका थिए। उक्त बिजय रैली मोटर स्ट्याण्डमा पुगेर बिजय सभामा परिणत भएको थियो। उक्त बिजय सभालाई मुख्य रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले सम्बोधन गरेका थिए भने सभासद एंव खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाईलीले सञ्चालन गरेका थिए।