ईंग्लिश प्रीमियर लीगः चेल्सी र लिभरपूलबीच म्याच ड्र

photocollage_2023814143059391.jpg

१४ अगस्तः विश्वको सबैभन्दा लोकप्रिय फूटबल लीग ईंग्लिश प्रीमियर लीग (ईपीएल)-को नयाँ सीजन शुरु भइसकेको छ। यसमा आइतवार राति लिभरपूल र चेल्सीबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सी एक समय पछाड़िएको थियो तर एक्सेल डिसासीले ३७औं मिनटमा गोल गरी म्याच १-१-को बराबरीमा पुऱ्याए। यसरी लिभरपूलबाट लुइस डिआजले १८औं मिनटमा गोल गरे। यसरी टोटनह्याम हट्स्पर पनि ब्रेण्टफोर्ड विरुद्ध २-२-को ड्र-मा रोकियो। क्रिस्टियन रोमेरोले ११औं मिनटमै बढ़त दिलाए पनि टोटनह्याम एक समय २-१-ले पछि रहेको थियो। ब्रेण्टफोर्डबाट ब्रायन एम्ब्यूमोले २७औं र योआन विस्साले ३७औं मिनटमा गोल गरे। अन्तमा एमर्सन रोयालले मध्यान्तरअघि स्टपेज टाइममा गोल गरी टोटनह्यामलाई हारको सम्मुखीन हुनदेखि बचाए। अन्य म्याचहरूमा न्यूक्यासलले एस्टन भिल्लालाई ५-१-ले अनि फूलहामले एभर्टनलाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement