लंगभ्यूमा फूटबल टुर्नामेण्ट २० अगस्तदेखि, सुरेन प्रधान चीफ कोअर्डिनेटर नियुक्त

IMG-20230814-WA0209.jpg

१४ अगस्तः खरसाङ महकुमाअन्तर्गत लंगभ्यू चियाबारीमा सेभेन स्टार स्पोर्टिंग क्लबको तत्त्वावधानमा आउँदो २० अगस्त (आइतवार)-देखि ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। यस फूटबल टुर्नामेण्टको निम्ति आयोजक समितिले यस खेल अनि खेल आयोजनहरूमा अपार अनुभव र योगदानलाई कदर गर्दै कञ्चनजंघा फूटबल क्लबका कार्यकारी अध्यक्ष तथा सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएसनका महासचिव सुकना निवासी सुरेन प्रधानलाई प्रमुख संयोजक नियुक्त गऱ्यो। टुर्नामेण्टलाई भव्य रूपमा सञ्चालन गर्न अनि असल टीमहरूलाई पनि निम्त्याउन सुरेन प्रधानको मार्गदर्शनमा टुर्नामेण्ट सञ्चालन गरिनेछ। यस टुर्नामेण्टलाई आयोजन गर्नुको मुख्य लक्ष्य नै स्थानीय प्रतिभाहरूलाई असल मञ्च प्रदान गर्नु हो। टुर्नामेण्टको सफल आयोजनबारे आयोजक समितिबाट क्लबका सभापति बुद्ध पाख्रिन , सचिव दिपेश पाख्रिन, कोषाध्यक्ष निसान गोले र प्रमुख सल्लाहकार विनोद परियारको साथमा सदस्य नमम गुरुङ, लक्षुमण छेत्रीले सुरेन प्रधानलाई उनको निजी वासस्थानमा भेट गरी चर्चा परिचर्चा गरे भनी आयोजक सेभेन स्टार स्पोर्टिंग क्लबका सचिव दिपेश पाख्रिनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement