जलपाइगढीः घरको छेउमा धान खेतबाट एक महिलाको कुहिएको शव फेला परेको छ। घटना जलपाइगढी जिल्लाको धुपगढी ब्लकको बरघारिया क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार श्रीमान श्रीमतीबीच पटक पटक घरायसी झगडा हुने गरेको छ। आइतबार राति पनि श्रीमान्–श्रीमतीबीच फेरि झगडा सुरु भयो। झगडा यति बढेको स्थानीयको दाबी छ कि भूपालचन्द्र राईले श्रीमतीको टाउकोमा धारिलो हतियार प्रहार गरेका छन्। श्रीमती फनी बाला रोय भाग्न खोज्दा रगतले लतपतिएको र घाइते अवस्थामा धानबारीमा पुगेकी थिइन्। सोमबार बिहान स्थानीयले फनी बाला रोयको शव धानबारीमा फेला पारेका थिए। त्यसपछि धुपगढी थानालाई खबर गरिएको थियो। पुलिसले आएर शव बरामद गरी पोस्टमार्टमका लागि लगेको थियो। पुलिस स्रोतका अनुसार यस घटनापछि श्रीमान् भोपाल राय आफैं धुपगढी थाना पुगेर आत्मसमर्पण गरेका थिए। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ। मृत्युको वास्तविक कारण पोष्टमार्टमपछि थाहा हुनेछ।