नेमारलाई १४५५ करोड़ रुपियाँको प्रस्ताव दियो सऊदी अरबको क्लबले

IMG-20230814-WA0180.jpg

१४ अगस्तः ब्राजीलका स्टार फूटबलर नेमारलाई चाँड़ै सऊदी अरबमा क्लब फूटबल खेलिरहेको देखिने सम्भावना रहेको छ। सऊदी अरबको क्लब अल हिलालले उनलाई १६० मिलियन यूरो (लगभग १४५५ करोड़ रुपियाँ)-को प्रस्ताव दिएको छ। क्लब केवल दुई सालको निम्ति नेमारलाई यति ठूलो रकम दिन राजी भएको छ। ३१ वर्षीय नेमार अहिले फ्रान्सको क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-का खेलाड़ी हुन् अनि उनलाई लीग-१-को पहिलो म्याचमा लरेण्ट विरुद्ध टीममा सामेल गरिएन। त्यस म्याचमा पीएसजी गोलरहित ड्र-मा रोकियो। अल हिलालको टीम शनिवार राति अरब क्लब च्याम्पियन्स कपको फाइनलमा अल नस्र विरुद्ध २-१-ले पराजित भएको थियो। अल नस्र टीमका कप्तान पोर्तुगलका दिग्गज खेलाड़ी क्रिस्टियानो रोनाल्डो हुन्। अब अल हिलालले नेमारसँग अनुबन्ध गरे उनलाई रोनाल्डोको टीम विरुद्ध खेलिरहेको देखिनेछ।
फ्रान्सीसी आउटलेट एल इक्विपले दावी गरे अनुसार, अनुबन्धको औपचारिकता पूरा हुन अघि पीएसजी र अल हिलाल ट्रान्सफरको शर्तहरूमा सहमत हुनु पर्नेछ। अहिले त नेमारको निम्ति फ्रान्समा समय समाप्त हुन लागेको प्रतीत भइरहेको छ। नेमार पनि रोनाल्डो, सादियो माने, करीम बेञ्जेमा, रियाद माहरेज र एंगेलो काण्टे जस्ता खेलाड़ीहरूका पदचिन्ह पहिल्याउँदै मध्य पूर्वको निम्ति यूरोप छोड़्ने तयारीमा रहेका छन्।
यसबीच स्टार फूटबलर कीलियन एम्बाप्पेलाई पीएसजी-ले मुख्य टीममा सामेल गरेको छ। लीग-१-को दोस्रो म्याचमा टालूसे विरुद्ध उनलाई मैदानमा देखिने सम्भावना छ। उनलाई लरेण्ट विरुद्ध पहिलो म्याचको निम्ति टीममा सामेल गरिएको थिएन। पीएसजी-ले एम्बाप्पेसँग अनुबन्धको स्थितिलाई पनि अन्तिम रूप दिने तयारी गरिरहेको छ। एम्बाप्पेले क्लबसँग आफ्नो अनुबन्धलाई बढ़ाउने प्रबल सम्भावना रहेको छ। स्थानीय मीडिया रिपोर्ट अनुसार, क्लबले एम्बाप्पेसँग २०२५-सम्मको अनुबन्ध गर्ने प्रयास गरिरहेको छ। यसबीच पीएसजी-का अध्यक्ष नासिर अल खिलाफीले भने, एम्बाप्पे फर्किएका छन्। उनी पीएसजी-को निम्ति प्रतिबद्ध छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *