पाँचौं म्याचको साथमा टी२० सीरीज पनि गुमायो भारतले

IMG-20230814-WA0173.jpg

१४ अगस्तः भारतले वेष्ट इण्डिज विरुद्ध टी२० सीरीजको पाँचौं तथा अन्तिम म्याचमा ८ विकेटले लाजमर्दो हारको सामना गर्नु पऱ्यो। यसको साथै वेष्ट इण्डिजले पाँचवटा टी२० म्याचको सीरीज पनि ३-२-ले जित्यो। यो वेष्ट इण्डिजको भारत विरुद्ध २०१७ पछि पहिलो टी२० सीरीज जीत हो। फ्लोरिडाको लडरहिल स्थित सेण्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम टर्फ ग्राउण्डमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनायो। भारतलाई म्याचमा खराब ब्याटिंगले डुबायो। केवल १७ रनभित्र दुवै ओपनरलाई गुमाएपछि भारत दबाउमा पऱ्यो। चौथो टी२० म्याचमा रनको वर्षा गर्ने ओपनरद्वय यशस्वी जयसवाल (५) र शुभमन गिल (९) आइतवार ३ ओभरभित्रै आउट भए। यी दुवैलाई अकील होसेनले आउट गरे।

त्यसपछि सूर्यकुमार यादवले असल ब्याटिंग गरे पनि उनले कसैबाट साथ पाएनन्। सूर्याले ४५ बल खेलेर ४ वटा चौका र ३ वटा छक्काको साथ सर्वाधिक ६१ रन बनाए। तिलक वर्माले २७ र कप्तान हार्दिक पाण्ड्याले १४ रनको योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा रोमारियो शेफर्डले सर्वाधिक ४ विकेट लिए। जवाफमा वेष्ट इण्डिजले १८ ओभरमै १७१ रन (२ विकेट) बनाएर सजिलै म्याच जित्यो। ओपनर ब्रेण्डन किंगले ६ वटा छक्का र ५ वटा चौकाको साथ ५५ बलमा ८५ रन बनाए।

यसबाहेक निकोलस पूरनले ४ वटा छक्का र एउटा चौकाको साथ ३५ बलमा ४७ रन बनाए। शाई होप २२ रनमा अविजित रहे। वेष्ट इण्डिजका बलर रोमारियो शेफर्डले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement