नेपालमा प्रतिबन्धित नशालु दवाईको साथ तीन भारतीय युवक पक्राउ

प्रतीकात्मक तस्वीर

पूर्वी चम्पारण: इण्डो नेपाल बर्डरमा जारी प्रतिबन्धित नशालु दवाईहरूको तस्करी विरूद्ध नेपाल पुलिसद्वारा जारी विशेष अभियान अन्तर्गत प्रतिबन्धित नशालु दवाईको साथ तीन भारतीय युवक नेपालको वीरगंज शहरमा पक्रा परेका छन्। आइतवार उक्त जानकारी दिँदै डीएसपी दीपक गिरीले भने, ‘वीरगंजको वार्ड १६ स्थित रजत जयन्ती चौकमा जाँचमा रक्सौलदेखि वीरगंज गइऱहेका तीन युवकलाई १४८३ पीस प्रतिबन्धित नशालु दवाई (इन्जेक्शन) को साथ पक्राउ गरियो।

पक्रा परेका तीन भारतीय युवकहरूमा पूर्वी चम्पारणको रामगढ़वा निशासी ताज आलम (४०), अजीत कुमार (२०), इम्तिहान आलम (२०) सामेल छन्। तीनैले आफ्नो लुगाभित्र नशालु दवाई बाँधेर तस्करी गरिरहेका थिए। यहीबीच यिनीहरूलाई समाइयो। पक्रा परेका तीनै युवकसित सोधपुछपछि कानूनी प्रक्रिया अन्तर्गत कारबाही जारी छ। -हिस

About Author

Advertisement