नयाँ दिल्ली: भारतीय वायु सेनामा इजराइली हेरन मार्क-२ ड्रोनलाई सामेल गरिएको छ। एकपल्ट संचालन भएपछि लामो समयसम्म उड़्नसक्ने यो ड्रोनले एउटै उड़ानमा पाकिस्तान र चीन दुवै सीमालाई कभर गर्नसक्ने क्षमता राख्दछ। यसैले यसलाई उत्तरी क्षेत्रमा एक फरवर्ड एयर बेसबाट संचालन गरिँदैछ। यस स्क्वाड्रनलाई ‘वार्डन अफ् द नर्थ’ को रूपमा चिनिन्छ। आगामी दिनमा यसलाई तीनै सेनाहरूको लागि तयार गरिनेछ ताकि आवश्यक्ता परेको खण्डमा दुवै शत्रुमाथि आक्रमक हमला गर्न सकियोस्।
उपग्रह संचार लिङ्कद्वारा लैस हेरन ड्रोन मार्क-२ लाई हालैमा भारतीय वायु सेनामा सामेल गरिएको छ। सेटेलाइटबाट नियन्त्रित हुने यो ड्रोन २५० किलोग्राम हतियार बोकेर उड़्नसक्छ। भारतीय वायु सेनाले अब ‘मेक इन इण्डिया’ अन्तर्गत आफ्नो प्रोजेक्ट चितालाई अघि बढ़ाउने योजना बनाइरहेको छ। यसलाई उत्तरी क्षेत्रको एक फरवर्ड एयर बेसमा तैनाथ गरिएको छ। वायु सेनाका अधिकारीले बताए, उपग्रह संचार लिङ्कद्वारा सुसज्जित यो ड्रोन भारतीय सशस्त्र बवहरूमा सबैभन्दा उन्नत ड्रोन हो। भारतीय वायु सनामा सामेल गरिएको चारवटा हेरन मार्क-2 ड्रोन लामो दूरत्वको मिसाइल अनि अन्य हतियारहरूद्वारा लैस छ। उनले भने, लामो दूरत्वको रडार र सेन्सर, एन्टी-ज्यामिङ्ग क्षमता तथा ३५ हजार फुटको उच्चतासम्म पुग्नसक्ने हेरन ड्रोन एलएसी नजिक सबै प्रकारका गोप्य जानकारीहरू संग्रह गर्न सक्षम हुनेछ। यसलाई इजराइल एयरोस्पेस इण्डस्ट्रीज (आईएआई)-ले सबै मौसमको रणनीतिक मिशनहरूको लागि विकसित गरेको छ।
यसको खरिद रक्षा बलहरूलाई दिइएको आपतकालीन वित्यी शक्तिहरू अन्तर्गत गरिएको हो। चीनसित जारी संघर्षबीच रक्षा बलहरूलाई आफ्नो युद्धक क्षमतालाई विकसित गर्नको लागि आपतकालीन वित्तीय शक्तिहरू दिइएको छ। यी शक्तिहरूलाई प्रयोग गरेर नै भारतीय वायु सेनाले पनि ठूलो संख्यामा ट्याङ्करोधी निर्देशित मिसाइल, लामो दूरत्वको सठिक-निर्देशित तोपखानाको गोला सहित ह्यामर एयर-टू-ग्राउण्ड स्ट्याण्ड अफ् मिसाइलहरूलाई लगभग ७० किमी. स्ट्राइक रेञ्जको साथमा हासिल गरेको छ। अब चीनीयाँ सेनाले लद्दाख सीमाको वारी वा पारी भारतविरूद्ध कुनै गतिविधि गरे तत्काल थाहा पाइनेछ।









