इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टः लामा डाँड़ा होम स्टे र नाजोक सेमिफाइनलमा

photocollage_202381411035905.jpg

१४ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा क्वार्टर फाइनल म्याच भयो। समथार जनमैदानमा भएको पहिलो म्याचमा लामा डाँड़ा होम स्टे-ले जुकेनी फूटबल क्लबलाई पेनल्टी शूटआउटमा २-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा लामा डाँड़ा होम स्टे-बाट लाडुप लेप्चा अनि जुकेनी एफसी-बाट प्रेम लेप्चाले गोल गरे। यसरी दोस्रो म्याचमा नाजोकले ड्राभर यूनियनलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल सन्दीपले गरे। यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्ट फाइनल १५ अगस्तमा हुने आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्। सोमवार टुर्नामेण्टको दुईवटा सेमिफाइनल खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement