गोरुबथान (महेश्वर प्रधान): डायमण्ड क्लब मालबस्तीको तत्वावधानमा समपन्न स्वतन्त्रता दिवस फुटबल प्रतियोगिताको दोस्रो सेमीफाइनल खेल कुवापानी एफ.सी. बनाम सत्य ज्योति संग, बुडी खोलामाझ समपन्न भयो।
खेलको अन्त सम्म दुवै दलले २/२ गोल लगाएर बराबरी भएपछि निर्णायकले टाइब्रेकर गराए। यस ट्राई ब्रेकरमा ३ गोलको बिरूद्ध ४ गोल दागेर कुवापानी एफ.सी. फाइनलमा प्रवेश गर्न सफल बने। दोस्रो सेमीफाइनल खेलमा म्यान अफ दि म्याचको ट्रफी कुन्दन प्रधानले आफ्नो आफ्नो दिवंगत अजा स्वर्गीय पुर्ण बहादुर प्रधानको स्मृतिमा प्रदान गर्नु भयो। म्यान अफ दि म्याचको निम्ति निर्णायकगणले कुवापानी एफ.सी.का १०नम्बर जर्सी खेलाडी समीप गुरुङलाई चयन गरे।

यो ट्रफी संस्थाका संस्थापक सदस्य रतन् राईको बाहुलीबाट प्रदान गरियो। दोस्रो सेमीफाइनल खेलका निर्णायकहरुमा अशोक रोय, बिमल प्रधान उमेश शर्मा अनि राजु घिमिरे रहेका थिए। आगामी १६-०८-२०२३ बुधबारको दिन फाइनल खेल, कुवापानी एफ.सी. बनाम सेन्ट ब्रदर्श, राँगामाटी माझ हुनेछ। आयोजक समिति, सबै महानुभावहरुलाई यस फाइनल खेल हेर्नको निम्ति हार्दिक स्वागत गर्दछ।