१३ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा आइतवार स्थानीय मेला ग्राउण्डमा दोस्रो सेमिफाइनल खेलियो। आजको म्याचमा सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लबले कालेबुङ पुलिसलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सञ्जय राई, निशान्त लिम्बु र फोफानोले गोल गरे। यस टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिएको छ। अब १५ अगस्तमा खेलिने फाइनलमा सिंगलिंग स्पोर्टिंग क्लब र दर्शकहरूका फेवरेट टीम युनाइटेड ब्रदर्सबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।