सुरजको गोलले सिलगढ़ी युनाइटेड एफसी फाइनलमा

photocollage_202381323452857.jpg

१३ अगस्तः फूटबल क्लब मल्लीको सहयोगमा ७७औं इण्डिपेण्डेन्स डे सेलिब्रेशन कमिटीको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले फाइनलमा स्थान बनायो। मल्ली खेल मैदानमा आइतवार भएको दोस्रो सेमिफाइनल म्याचमा सिलगढ़ी युनाइटेडले पेण्डाम फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल गर्ने सुरज तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब १५ अगस्तमा खेलिने फाइनलमा सिलगढ़ी युनाइटेड र ट्रक ड्राइवर एसोसिएशन मल्लीबीच भिड़न्त हुनेछ । यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजन समितिले खेलको ग्रास रुट लेवलबाट विकास गर्ने लक्ष्य लिएर अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको पनि आयोजन गरेको आयोजक आईडीसीसी मल्लीका खेल सचिव राज प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement