गत विजेता जेभीसी सिंगताम फाइनलमा

IMG-20230813-WA0310.jpg

१३ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। सेण्ट जेभियर्स स्कूल मैदान, पाक्योंगमा आज भएको म्याचमा गत विजेता जेभीसी सिंगतामले ब्रदरहूड फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका खेलाड़ी क्रिस्टियन कौशिकलाई प्लेयर अव् द म्याच चयन गरियो । अब १५ अगस्तमा खेलिने फाइनलमा जेभीसी सिंगताम र असल इलेभेन रंगलीबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको छ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement