गुवाहाटी: मेघालयको तुरामा आज दिउॅंसो लगभग १:२७ बजी भुॅंइचालोको झट्का महसूस गरियो। गुवाहाटीमा पनि भुॅंइचालोको झट्का महसूस गरिएको थियो। नेशनल सेन्टर फर् सीस्मोलोजी (एनसीएस) अनुसार, भुॅंइचालोको केन्द्र जमिनमा ५ किलोमिटर मुनि थियो।भूकम्प विज्ञान केन्द्रले ट्वीटमा बताए अनुसार, यसको तीव्रता ३.७ थियो। केन्द्रले गुवाहाटी र यसका छेउछाउ भुॅंइचालोको झट्का नियमित रूपमा महसूस भइरहेको बताएको छ।